२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

अ+ अ-

काठमाडौँ । अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भई ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापाको बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौँको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिषेकलाई शुक्रबार लगनखेलबाट र अञ्जेशलाई सिनामंगलबाट पक्राउ गरेको हो।

कार्यालयका अनुसार अभिषेकले अमेरिकामा प्रतिष्ठित होटलमा काम लगाइदिने र त्यसका लागि ३५ लाख लाग्ने बताएर सुरूमा ८ लाख रुपैयाँ लिएका थिए।

अञ्जेशले दक्षिण अफ्रिकामा महिनाको १ लाख २० हजार तलब हुने काममा पठाइदिने भन्दै विजय खत्री लगायतका दुई जनाबाट पटक-पटक गरी १७ लाख रुपैयाँ लिएका थिए।

पैसा लिएर दुवै जना सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

शुक्रबार पक्राउ परेका दुवैलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।