१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव

अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व सुम्पिएका छन् भने सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णय गरेका छन् ।

अ अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयबाट यादवलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका यादव गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

विभागका यसअघिका महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएपछि रिक्त रहेको पदमा यादवलाई जिम्मेवारी दिइएको हो ।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका यादवसँग सार्वजनिक प्रशासनको अनुभव छ ।

नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान प्रभावकारी बनाउनुपर्ने चुनौतीका बीच यादवले विभागको नेतृत्व पाएका हुन् ।

यसैगरी, अर्थमन्त्री वाग्लेले गत मङ्सिर ४ गतेकै मन्त्रिपरिषद् बैठकको निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएकी सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णय गरेका छन् ।

महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएका थिए ।

0 Comments