२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरमा ईः को प्रदर्शन, स्थानीयको अवरोध

अ+ अ-

ललितपुर । अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मङ्गलवार दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए ।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ–बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएको थियो । उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडौँको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए ।

असोज १० मा काठमाडौँ महानगरपालिका र ईः बीच सम्झौता भएको थियो । उक्त सम्झौता अझै कार्यान्वयनमा आएको छैन । त्यतिबेला अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्नेलगायत माग थियो ।