काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवेदन खुला गरिएको छ ।
आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति आजदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।
माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।
परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।
