२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीको विकासबारे उपाध्यक्ष लामा र जापानी राजदूतबीच छलफल

अ+ अ-

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक विकास एवम् लुम्बिनी गुरुयोजनालगायतका विषयमा उपाध्यक्ष डा. लामा र राजदूत किकुताबीच छलफल भएको हो ।

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । सन् १९७८ मा जापानिज वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापान सदैव तयार रहेको प्रतिबद्धता जनाए । दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरू शान्ति, अहिंसाको मार्गमा रहेकाले आफूहरूका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदूतले बताए ।

भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार-सार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो । राजदूत किकुतालाई उपाध्यक्ष डा. लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यलगायतले स्वागत गरेका थिए ।

राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरे । यस्तै सोमबार नै जर्मन राजदूतावासका डेपुटी हेड अफ मिसन डा। स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।