२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भारतकासँग कुरा गरौँ, विषाक्त खाद्यान्न आयातमा पूर्ण रोक लगाउनुपर्छ’ : आरजु राणा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार समितिले केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याबारे छलफल गरेको थियो । त्यसक्रममा सभापति राणाले सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको ‘टिआर फोर’ नामक घातक रोग देखिएकाले सीमा नाकामा कडाइ गर्नुपर्ने बताएकी हुन् । 

भारतबाट विषाक्त केरा र माछा आउँदा नेपालमा रोग भित्रिरहेको उनको भनाई छ । सभापति राणाले अघि भनिन्, ‘भारतमा कुनै रोग आउने बित्तिकै खुला सीमानाका कारण नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ भने पनि गरौँ ।’

सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्ने उनको राय छ । उनी थप्छिन्, ‘नेपाली किसान मारमा परिरहेका छन् । यसलाई रोक्न सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ ।’

भारतबाट आयात हुने खाद्यान्न तथा पशुको गुणस्तर परीक्षणका लागि सीमामा अनिवार्य क्वारेन्टाइन राख्ने र जाँच गर्नुपर्ने उनको राय छ ।