१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाएका हौँ : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाएको बताएका छन्।

माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले सोमबार उम्मेदवारी दर्ता गरेका थिए। सिटौला सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्। विराटनगरमा सोमबार भएको गठबन्धन दलहरूको छलफलमा बोल्दै नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको बताएका हुन्।

‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन हामीले उम्मेदवार बनाएका हौँ। हामी त हारेको मान्छे उठाउन नहुने पक्षमा थियौँ,’ काँग्रेस नेता शेखर कोइरालाले भने, ‘तर उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका, उहाँको योगदानको इतिहास हेरेर हामी सहमत भयौँ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भइसकेको कोइरालाको भनाइ छ।

साथै महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताए। ‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्वका रूपमा उहाँबाट अब योगदान हुनेछ,’ शर्माले भने।