२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कार सम्बन्धी कानून नै त्रुटिपूर्ण, कानूनी व्याख्या आवश्यक : डा. चन्द्र भण्डारी

अ+ अ-

काठमाडौँ । सांसद डा. चन्द्र भण्डारीले बलात्कार सम्बन्धित कानूनी अवस्थाबारे प्रश्न उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था ।’

उनको स्ट्याटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्बन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांशको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।

यसअघि हिजो गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्ट्याटस लेखेका थिए ।बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनहार क्रिकेटरलाई बलि चढाइयो ।’

क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्‍याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरू व्याप्त भइरहेका छन् । बलात्कार सम्बन्धी कानूनको दुरुपयोग भएको अधिकांशको टिप्पणी छ ।