काठमाडौँ । चीनको अन्तरराष्ट्रिय बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष युन सुङ लुम्बिनी भ्रमणमा पुगेका छन् । सुङलाई नेपाल-चीन मैत्री समाज लुम्बिनीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित स्वागत गरेको छ ।
उपाध्यक्ष सुङको टोलीमा करिब ४० जना भिक्षुभिक्षुणी सम्मिलित छन् । लुम्बिनी पुगेका उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए ।
उनले आफ्नो भ्रमणले लाखौँ चिनियाँ बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रमणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताए ।