२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुलामञ्चले ‘लिगेसी’ बिर्सिँदैन : प्रजिअ बस्नेत

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा खेल मैदान बनाउने तयारी गरेको भन्दै विरोधमा उत्रिएको ‘अकुपाई टुँडिखेल’ अभियानले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानले काठमाडौँ सीडीओ जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै खुलामञ्चमा महानगरपालिकाले वक्रदृष्टि लगाएको बताए । उनीहरूले खुलामञ्चलाई शासकहरूले मास्दै आएको र केही जग्गा पनि महानगरले सक्न लागेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा सीडीओ बस्नेतले महानगरपालिकाले खुलामञ्च बिगार्ने मनसाय नभएको जवाफ आएको सुनाएका थिए ।

‘बिगार्न लागेको होइन, अहिले भइरहेको माटो निकालेर ग्रिनरी बनाउने भनेर जानकारी आएको छ । बिहान–बेलुका खेल्न मिल्ने गरी मैदानलाई हरियाली गरेर खुला स्थान नै बनाउने भन्ने महानगरको मौखिक जानकारी छ,’ बस्नेतले भने ।

सीडीओ बस्नेतले काठमाडौँमा जनघनत्व बढिरहेको भन्दै पर्याप्त खुला स्थान हुनुपर्ने बताए । उनले काठमाडौँमा सार्वजनिक कार्यक्रम गर्ने स्थान नै नभएको भन्दै सडक बन्द गरेर आमसभा गर्नुपर्ने अवस्था रहेको बताए ।

‘देशैभरिको माग लिएर आन्दोलन गर्ने ठाउँ राजधानी नै हो । तर, यसका लागि ठाउँ छैन । सडक नै बन्द गरेर आमसभा गर्नुपरेको छ, खासमा खुला स्थान नै नभएर हो,’ बस्नेतले भने, ‘महानगरपालिकाले खुलामञ्च छिट्टै मर्मत गरेर खुलामञ्च आफ्नो लिगेसी अनुसार आफ्नो आवाज राख्ने ठाउँ बनाउने छ भन्ने हामीलाई विश्वास छ । खुलामञ्चबाट नै राजनीतिक आवाज, परिवर्तनको आवाज आएको हो ।’