२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल व्यवस्थापनको दरबन्दी सिर्जना गर्न ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । अस्पताल व्यवस्थापनको दरबन्दी सिर्जना गर्नका लागि नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष महेन्द्र भुसालसहित पदाधिकारीले अस्पतालको न्यूनतम सेवा मापदण्डका लागि व्यवस्थापन दरबन्दीको आवश्यक रहेको उल्लेख गर्दै सातै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् ।

पोखरा विश्वविद्यालयले सन् २००० देखि स्वास्थ्य व्यवस्थापन विषयमा स्नातक, स्नातकोत्तर तहमा जनशक्ति उत्पादन गर्दै आएको छ । पोखरा विश्वविद्यालयले हालसम्म स्नातक तहमा २ हजार, पोष्ट ग्रयाजुयट तहमा ५०० र स्नातकोत्तर तहमा १ हजार जनशक्ति उत्पादन गरिसकेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थाबाट स्नातक, स्नातकोत्तरमा थप वार्षिक ३०० जनशक्तिको उत्पादन हुँदै आएको छ ।

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्पादित जनशक्तिको आवश्यकता महसुस गर्दै सरकारले २०७५ सालदेखि ५० शय्याभन्दा माथिका अस्पतालमा करारमा राख्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल व्यवस्थापन विधाको महत्वलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन सुढृढीकरण कार्यक्रम अन्तर्गत न्युनतम सेवा मापदण्डमा अस्पताल व्यवस्थापन अधिकृत हुनुपर्ने उल्लेख समेत गरेको छ ।

यस्तै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले पनि अस्पतालमा अनिवार्य रूपमा व्यवस्थापक हुनुपर्ने सुनिश्चित गरेको छ ।

अस्पताल तथा स्वास्थ्य सेवा व्यवस्थापनमा दक्षता हासिल गरेका जनशक्ति अस्पतालको व्यवस्थापनमा रहँदा अस्पतालको चुस्त व्यवस्थापन हुने हुनाले दरबन्दी सिर्जना गर्न संघले अनुरोध गरेको हो ।

संघका अध्यक्ष भुसालका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरू ४५ जिल्ला अस्पताल र प्रादेशिक तथा संघिय अस्पतालमा समेत कार्यरत छन् । अब सरकारले स्वास्थ्य सेवा व्यवस्थापक दरबन्दी सिर्जना गर्दै लोकसेवा मार्फत स्थायी गर्नुपर्ने संघको माग छ ।