१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब बुढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

अ+ अ-

काठमाडौँ । उपत्यका प्रहरीले काठमाडौँको बुढानीलकण्ठ क्षेत्रमा पनि अब प्रत्यक्ष निगरानी सुरु गरेको छ। 

प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बुढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरूपमा निगरानी हुन लागेको हो।

‘सुरक्षित काठमाडौं उपत्यका : हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान भइ आज उद्घाटन गरिएको हो।

गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान सुरु भएको थियो। जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरूपमा सिसी क्यामराको उद्घाटन गरे।

सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बुढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए।

त्यस अवसरमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए। प्रथम चरणमा सिसिटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए।

समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसिटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौँ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे।

उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरू र वडा अध्यक्षहरूलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस