काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटालाई नियुक्त गरिएको छ ।
बोर्ड कार्यकारी समितिको गत बुधबार बसेको बैठकले हाल कार्यकारी प्रमुख रिक्त रहेको भन्दै उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।
पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) बमोजिम उनलाई बढीमा तीन महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।
