काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए । उनका अनुसार बैठकमा आजैबाट सुरु हुने मस्यौदा विधान परिमार्जनको विषयमा छलफल हुने भएको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरूले आ-आफ्ना सुझाव दिएका थिए । मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए ।
पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदै छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।







