१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशु हाटबजार निर्माण तथा सुधारमा भएको भ्रष्टाचार मुद्दामा कर्मचारीहरूले पाए सफाइ

अ+ अ-

काठमाडौँ । विशेष अदालतले तेह्रथुमको जिरिखिम्ती माझँगाउँ पशु हाटबजार निर्माण तथा सुधारमा भएको भ्रष्टाचार मुद्दामा कर्मचारीहरूलाई  सफाइ दिएको छ । 

पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्माले सो मुद्दामा सफाई पाएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले  बताए ।  

आम्फुवा पशु हाटबजार निर्माण गर्न प्राप्त भएको अनुदान अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ असार २९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

४७ लाख ३७ हजार ६२९ रुपैयाँ ६२ पैसा बिगो दाबी गरिए पनि उनीहरू तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन् । 

किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बालाई पनि अख्तियारले विपक्षी बनाएको थियो । तर, विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार गरेको फैसलाले कन्दङ्वालाई दोषी ठहर गरी १८ लाख ४७ हजार २१९ रुपैयाँ बिगो जफत गरी असुल गर्ने फैसला गरेको हो । 

यस्तै, लाइफटाइम इन्जिनियररिङ सोलुसन प्रालि काठमाडौँका सञ्चालक रोशन भट्टराईलाई बढी मूल्यांकन गराएको अभियोगमा १० हजार जरिबाना हुने फैसला भएको प्रवक्ता कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस