८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गर्नु राज्यको प्रमुख दायित्व : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरूको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताएकी छन् । हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐतिहासिक व्यक्तिहरूको योगदानकै कारण आजको राजनीतिक परिवर्तन सम्भव भएकाले उनीहरूको सम्मान आवश्यक रहेको बताइन् ।

सरकारले यो वर्ष सहिदहरू कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल ‘अभागी’ र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरूले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताइन् । 

कम्युनिस्ट आन्दोलनको विजारोण गर्दै दुर्गम क्षेत्रमा पुगेको बेला विसं २०१० सालमा जुम्लामा गिरफ्तार गरी हत्या गरिएका कामी बुढालाई २०७४ सालमा मात्रै राज्यले सहिद घोषणा गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री शर्माले देश र जनताका लागि योगदान गर्नेहरूको इतिहासले कुनै न बेला सम्झन्छ भन्ने यो महत्त्वपूर्ण दृष्टान्त भएको बताइन् । ‘आज हामीले गरेको सङ्घर्षको परिणाम आजै चाहिन्छ भन्छौँ तर देश र जनताका लागि राम्रो काम गर्नेहरूको सम्झना दशकौँ पछि पनि इतिहासले गर्ने गर्दछ’, उनले भनिन्, ‘हामी जो जुन क्षेत्रमा छौँ, इमानदारितापूर्वक देश र जनताका लागि योगदान गर्नुपर्छ भन्ने आदर्श र निष्ठा अग्रज पुस्ताबाट सिक्नुपर्छ ।’

मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलन तथा सामाजिक रूपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा सम्भव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेस सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार : ६४ वर्षपछि नेपालमै छापिएका हुलाक टिकट प्रचलनमा

प्रतिक्रिया दिनुहोस