काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्को ३१ औँ अधिवक्ता तहको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । नेपाल कानून व्यवसायी परिषद्ले गत पौष महिनामा लिएको ३१ औँ अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको मौखिक परीक्षा आगामी चैत दुई गते (शुक्रबार) हुने परिषद्ले जनाएको छ । मौखिक परीक्षाका लागि परिषद्को प्रदेश सम्पर्क कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
