६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति यादव महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान-२०८०’  पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन्।

वर्तमान संविधान निर्माणका क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएबापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गरिएको हो।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गरे।

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई प्रदान गरे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले देश, जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गरेका नेता निधिले गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको उत्थानमा ध्यान दिएको स्मरण गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा छाएको हो कि भनेर  चिन्ता प्रकट भइरहेको राष्ट्रपतिले उल्लेख गरे। 

उनले भने,’मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ,’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा परेका यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रूपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपतिले बताए।

प्रथम राष्ट्रपति यादवले महेन्द्रनारायण निधिको राजनीतिक योगदानको स्मरण गरे। ‘प्रजातन्त्रको दियो बाल्ने महेन्द्रनारायण निधिको त्याग तपस्या र बलिदानको पछिपछि हामी लागेका हौँ। उहाँको आचरण, निष्ठा र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले हामीलाई मार्गनिर्देश गर्‍यो,’ उनले भने।

यस्तै, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित दुर्गा घिमिरेले पुरस्कारका लागि प्रतिष्ठानप्रति आभार प्रकट गर्दै प्रजातन्त्रका लागि आन्दोलनदेखि जेलजीवनको भोगाइको स्मरण गरिन्। उनले बेचबिखनमा परेका महिलाको उद्धार र आर्थिक सशक्तीकरणको अभियानमा अझ बढी दृढ संकल्पित भएर अघि बढ्ने उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस