१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा स्थिर सरकारका लागि सबै दलहरूसँग पहल गर्छौँ : मुख्यमन्त्री शाह

अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकारका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै दलहरूसँग आफूले पहल गरी रहेको बताएका छन् ।

बिहीबार डोटीको बडीकेदार गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन उद्घाटनको क्रममा मुख्य मन्त्री शाहले यस्तो बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक भएकाले स्थिर सरकारका लागि प्रदेशमा रहेका सबै दलहरूसँग आफूले पहल गरी रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री शाहले निर्वाचनको बेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको स्मरण गर्दै त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केही परिवर्तनको संकेत देखिएको बताए ।

उनले संविधानको मूल मर्म अनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, ऊर्जालगायत पर्यटन विकासको क्षेत्रमा प्रदेश सरकारले सहयोग गरिरहेको समेत बताए
।
संघीय सरकारको समपूरक अनुदान अन्तरगत दुई करोड ५७ लाख रुपियाँको लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण भएको थियो ।