९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योग मन्त्री भण्डारीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी(एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उहाँले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्य वृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाउने बताए । 

मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हित सम्बन्धी कामलाई परिणाममुखी बनाइने बताए। उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जबाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारी समेत गरिएको दोहोर्‍याए । 

उनका अनुसार तीनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो व्यवस्थापन गरिने छ । मन्त्री भण्डारीले व्यावसायिक नैतिकता सहितको उत्पादन तथा बिक्री वितरणको वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीव्रता दिनु अहिलेको प्राथमिकता रहेको बताए । 

कार्यक्रममा विभागका प्रमुख जितु गौतमले तरकारीमा विषादीको परीक्षणविना भारतबाट तरकारी आयात भइरहेको उल्लेख गर्दै विषादीको परीक्षण नगरी तरकारी तथा फलफूलजन्य वस्तुको आयात पूर्ण रूपले प्रतिबन्ध लगाइनुपर्ने बताए । उनले बजारमा विभिन्न वस्तु र सेवामा भइरहेको कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, एकाधिकार, मिलेमतो, गुणस्तरहीन वस्तुको बिक्री, भ्रमपूर्ण विज्ञापन र नापतौल ठगीको कडाइका साथ नियन्त्रण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस