११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री नै रवि जोगाउने प्रपञ्चमा लागेको डा. शेखर कोइरालाको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्। 

गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन।

नेपाली काँग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन।

‘काँग्रेसलाई दोष दिएर माओवादीले बनाएको यो नयाँ गठबन्धनले कुन धारमा टेकेर के के गर्छ त्यो हेर्दै जाँउ न, केही समयमा यो आफै नाङ्गिने छ’ नेता कोइरालाले भने।

राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै उनले गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्नेमा जोड दिए। विवादमा तानिएपछि यसअघि धेरै नेताहरुले पद त्यागेको स्मरण गर्दै उनले गृहमन्त्रीबाट राजीनामा दिएर सहकारी घोटालाको अनुसन्धानलाई सघाउनु पर्ने बताए।

नेता कोइरालाले कृष्णबहादुर महरा पक्राउ परेकै दिन सुनकाण्डका अन्य दोषीलाई धरौटीमा छाडिनु रहस्यमय रहेको पनि बताए।

नेता कोइरालाले प्रधानमन्त्री दाहालले टिआरसीलाई राजनीतिक लेनदेनको विषय बनाएको आरोप पनि लगाए। सत्ताको मोलमोलाइले टिआरसी नटुङ्गिने भन्दै उनले पीडितलाई नजरअन्दाज गर्न नसकिने र अन्तर्राष्ट्रिय समुदायले उठाएका सवालको पनि सम्बोधन गरिनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस