९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँके प्रशासनद्वारा होली पर्वका दिन मेला सञ्चालनमा रोक

अ+ अ-

बाँके । जिल्ला प्रशासन कार्यालयले बाँकेले होली पर्वका दिन मेला सञ्चालनमा रोक लगाएको छ । 

होली पर्वको विशेष सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी नेपालगन्ज वाटरपार्क परिसरमा सञ्चालन भइरहेको मेला होलीको दिन सञ्चालनमा रोक लगाइएको बाँके प्रशासनले जनाएको छ । चैत ६ गतेदेखि १८ गतेसम्म नेपालगन्ज वाटरपार्क परिसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेसमेतको आयोजनामा मेला सञ्चालन भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको अनुमतिमा १२ दिनसम्म सञ्चालन हुने मेला सञ्चालन कै दौरान होली पर्व पर्न गएकोले पर्वको दिन चैत १२ गते सोमबार मेला सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रङ्गहरूको पर्व होलीलाई भव्य, सभ्य, शान्त, सुरक्षित, मर्यादित र सद्भावपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुगोस् र सुरक्षा चुनौती नरहोस् भन्ने उद्देश्यले उक्त दिन मेला बन्द गर्ने निर्णय जिल्ला सुरक्षा समितिबाट भएको प्रजिअ पोखरेलले बताए ।

मेला/महोत्सवमा विशुद्ध मनोरञ्जनात्मक क्रियाकलाप बाहेक हारजित हुने, सर्वसाधारण ठगिने र जुवाजन्य गतिविधि सञ्चालन भए/नभएको अनुगमन गरी कानून बमोजिम कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको प्रजिअ पोखरेलले बताए । विगतमा सञ्चालित यस्तै प्रकारका महोत्सवमा अनियमितताको उजुरी उपर अख्तियारबाट छानबिन समेत भइरहेको उनले जानकारी दिए ।

प्रतिष्ठित संस्थाहरू आयोजक भई राजनीतिक पहुँचका आधारमा स्थानीय तहबाट सञ्चालन अनुमति लिएर पेशेवर मेला सञ्चालकहरूलाई गुप्त रूपमा ठेक्का दिने प्रचलनले महोत्सव/ प्रदर्शनीको बदनाम भएको स्थानीयहरूको भनाई रहेको छ । प्रजिअ पोखरेलले यस्ता गुनासोप्रति प्रशासन सजग रहेको र सूक्ष्म रूपमा निगरानी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस