२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

अ+ अ-

काठमाडौँ । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

 उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।  

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका-१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् ।

उनीहरुलाई आइतबार अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।