८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा 

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एक जनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ ।

जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।

राईका अनुसार राजुका बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको हो । “खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए”, उनले भने ।

यसअघि गुरुङ बाबुछोरा हङकङ बस्दै आएका थिए । राजु गुरुङले अमेरिका जाने प्रयोजनका लागि काठमाडौँबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलान्चोकबाट नागरिकता र राहदानी खरिद गरेका अनुसन्धानको क्रममा खेलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नागरिकता फाँटमा अनुसूची मिलाउने र भर्ने सुब्बा रामचन्द्र अर्याल थिए ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा अधिकृतद्वय खरेल र अर्याल अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार विदेशीलाई नागरिकता दिएको अभियोगमा अनुसन्धान गरिरहँदा गुरुङलाई नागरिकता बिक्री गरेको फेला परेपछि दुई अधिकृत पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुवै अधिकृतमाथि स्वदेशी र विदेशीलाई नागरिकता बिक्री गरेको अभियोग छ । प्रहरीले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुटो विवरण पेस गरी विसं २०७४ पुस २० गते नागरिकता दिलाएको सहित नौ जनालाई नागरिकता बिक्री गरेको अभियोगमा अनुसन्धान जारी राखिएको उनले जानकारी दिए ।

छिरिङ ठूलो परिमाणमा सुन तस्करीमा संलग्न रहेपछि प्रहरीले गत साउन १४ गते पक्राउ गरी केन्द्रीय कारागारमा राखेको छ । अधिकृत खरेललाई यही चैत ३ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट र अर्याललाई गत फागुन २४ गते बागमती प्रदेशसभा सचिवालयबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस