२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रसारण विधेयक छलफलको क्रममा छ : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रसारण विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताएकी छिन् ।

मंगलबार रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव समारोहमा उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रसारण निर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागि सार्वजनिक सेवा प्रसारण विधेयक छलफलमा रहेको बताइन् ।

उनले भनिन्, ‘रेडियो नेपालले प्रादेशिक प्रसारणको समयावधि बढाउनको लागि पनि ध्यान दिन आवश्यक छ । आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रशारणउन्मुख समाचार, कार्यक्रम, उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ । सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको छ ।’

नेपाली समाजको रूपान्तरणका लागि महत्त्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसको लागि रेडियो नेपालसहित आम सञ्चार माध्यमहरूले अभियानको रूपमा कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नेपाली समाजको रूपान्तरणका लागि महत्त्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन अहिले पनि हुन सकिरहेको छैन । यसको पूर्व कार्यान्वयनको लागि घर घरमा सचेतनाको आवश्यकता रहेको छ । यसका लागि राजनैतिक रूपमा जे उपलब्धी हासिल गरेका छौ संविधान र कानूनमा जे कुरा उल्लेख गरेका छौ । मानिसको दिल र दिमागमा त्यो कुरालाई सम्प्रेषण गर्न सकिरहेका छैनौँ त्यसका लागि रेडियो नेपालसहित आमसञ्चार माध्यमहरूले अभियानको रूपमा कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिनुपर्छ ।’

सरकारको स्वामित्वको प्रसारण माध्यमलाई सरकारको प्रचारकको रूपमा मात्रै बुझ्ने गरिएको भन्दै यो भाष्यलाई परिवर्तन गर्न कार्यशैली परिवर्तन गर्न खोजिरहेको पनि उनको भनाई छ ।