२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’का कारण संघीयताको औचित्यमा प्रश्न उठेको मुख्यमन्त्री चौधरीको आरोप

अ+ अ-

काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर चरित्रका कारण देशमा संघीयता रहने कि नरहने भन्न प्रश्न उठेको बताएका छन् ।

बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकमा अस्थिरता निम्त्याएकाले संघीयतामाथि प्रश्न उठेको बताएका हुन् ।

‘प्रचण्ड’को कहिले यता र कहिले उता गर्ने प्रवृत्तिले संघीयतामा ग्रहण लागिसक्यो, व्यवस्था बचाउन सक्छौँ कि सक्दैनौँ भन्नेबारे गम्भीर प्रश्न आएको छ’, चौधरीले भने, ‘तीन-तीन महिनामा कहिले यता फुत्त कहिले उता फुत्त गर्दै सरकार फेरबदल गर्न संघीयता आएको होइन, हामीलाई डुबाउने र सक्ने अवस्था सिर्जना भएको छ ।’

प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले संविधान र प्रदेशको औचित्य पुष्टि गर्न कठिन भएको र यसबाट अहिलेसम्म हासिल गरेका उपलब्धि गुम्न सक्नेतर्फ चौधरीले सचेत गराए ।

संघले प्रदेशलाई दिँदै आएको बजेट घटाउँदै लगेर संघीयतालाई कमजोर बनाइएको उनले तर्क गरे ।