९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजेपछि मनोनयन दर्ता गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनका लागि ३ बजेपछि मात्र उम्मेदवारी मनोनयन दर्ता गर्ने भएको छ । रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल इलाम आइपुग्न ढिलो भएकाले ३ बजेमात्र उम्मेदवारी दर्ता गर्ने तालिका बनाएको रास्वपाले जनाएको छ ।

इलाम-२ मा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्दैछन् । उम्मेदवारी दर्ताका लागि रास्वपाका कार्यकर्ता सम्पर्क कार्यालयमा भेला भएका छन् । उपसभापति अर्याल इलाम-२ बजेपछि मात्र इलाम आइपुग्ने भएकाले ३ बजेपछि मात्र उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका छन् । साथै, यसअघि चर्चामै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि मनोनयन दर्ता गरेको छ । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका छन् । 

यस्तै, डाकप्रसाद गौतमले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले र नेपाली काँग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमालेबाट सुहाङ नेम्बाङ र काँग्रेसका डम्बर खड्काले उम्मेदवारी दर्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस