काठमाडौँ। धनगढीमा समिट एयरको जहाज ग्राउन्डेड गरिएको छ । सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाजको दुवैतिरको पङ्खा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।
जहाजमा इन्धन चुहिएको कुरा यात्रुले थाहा पाएपछि एयर होस्टेसलाई जानकारी गराएका थिए । लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजलाई ग्राउन्डेड गरिएपछि विमानस्थलमा अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण समेत गरेको छ ।