१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रमा लगानी गर्न विदेशीलाई आकर्षित गर्नुपर्नेमा पर्यटन मन्त्रीको जोड

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूले जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मङ्गलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वैशाख तेस्रो हप्तामा सुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह गरे ।

उनले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महसुस गराउन सके लगानी सम्मेलन सफल हुने बताए । उनले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तात्कालिक समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए । उनले नेपालको सापेक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त रहेको तर नियमित उडान गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले उद्योगी व्यापारीहरूले होटेल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरूको कमीले आफूलाई सुरक्षित महसुस गर्न नसकेको बताए । उनले सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको पनि बताए ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको युरोपियन देशहरूमा सिधा उडान हुन नसक्दा पनि पर्यटकको आवागमनमा केही कमी भइरहेको बताए । उनले कुनै आग्रह पूर्वाग्रह बिना साझा रणनीति र योजना बनाइ अघि बढ्ने हो भने समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहोस