२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधि प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्दै बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो : ब्लुमबर्ग

अ+ अ-

बेइजिङ । टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ । 

बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा आफ्नो जन्मपछि बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ । 

मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सका अनुसार हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ । यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ । 

‘यस विषयमा परिचित मानिसहरू’ लाई उद्धृत गर्दै ब्लुमबर्गको रिपोर्टमा ब्याज, कर, मूल्य ह्रास र ऋणमुक्तअघि कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको उल्लेख छ । रिपोर्टमा बिक्री पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको बताइएको छ । 

रिपोर्टको नतिजाअनुसार बाइटडान्सले राजस्व र आम्दानी दुवैमा प्रतिद्वन्द्वी टेनसेन्टलाई पहिलो पटक उछिनेको छ । ब्लुमबर्गले आन्तरिक आँकडाहरूको स्वतन्त्ररूपमा लेखापरीक्षण गरिएको थिएन भनेको छ । बाइटडान्ससँग सम्पर्क गर्दा उसले ‘बजारका अनुमानहरू’ माथि टिप्पणी नगर्ने बतायो । 

कम्पनीले सन् २०१७ मा टिकटक लन्च गरेको थियो र एपको सन्सारमा यसले तहलका मच्चाएको छ । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ । एप डुइयानको अन्तर्राष्ट्रिय संस्करण थियो । यसलाई सन् २०१६ मा चीनमा जारी गरिएको थियो र अहिले यसका करोडौँ प्रयोगकर्ता छन् । 

ती एपहरूको विस्फोटक वृद्धिका कारण बाइटडान्सले इ–कमर्स र यात्रा बुकिङमा विस्तार गरेको छ र एउटा भिडियो सम्पादन एप पनि जारी गरेको छ । चिनियाँ यस कम्पनीले विश्वभरका करिब एक सय २० सहरमा उसका एक लाख ५० हजारभन्दा धेरै कर्मचारी भएको बताएको छ । 

निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले राजस्व र आम्दानीको आँकडा जारी गर्दैन तर यसको आम्दानीको मिडिया अनुमानले यसलाई विश्वको केही सबैभन्दा ठूला कम्पनीहरूको बराबरीमा राखेको छ ।