काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद् र स्थानीय तहमा महिला नेतृत्व बढाउन दलका कार्यकारिणी पदहरूमा महिला नेतृत्व स्थापित गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले दलहरूले नेतृत्व तहमा महिलालाई बेवास्ता गरेको बताएका हुन् ।
‘निर्वाचन आयोगमा ११८ राजनीतिक दलहरू दर्ता छन् । दुई वटा दलबाहेक ११६ वटा दलले एकदमै हारगुहार गरेर केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पुर्याएको अवस्था छ, सबैले तानतुन गरेर बनाइएको संरचनाले नेतृत्व दिँदैन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
१६ वर्ष भएपछि सबै महिलाले नागरिकता पाउनुपर्ने, नागरिकता पाएका महिलाको मतदाता नामावली दर्ता हुनुपर्ने बताए । ‘अनि उनीहरूलाई निर्वाचन र मतदाता शिक्षा दिइयो दिइएन, अनि हामी एकैचोटि टुप्पामा खोजिरहेका छौँ के १’ थपलियाले भने, ‘फेदैबाट यो प्रयत्न गरेर जाने हो भने सक्षमता लैगिंक आधारमा व्याख्या हुने विषय होइन, सक्षमता परीक्षण गरेर जाँच्ने विषय हो ।’ यसैगरी नेतृत्व
मा महिला पुग्ने सवाललाई लिएर संघर्ष नभएर गुणात्मक सुधारतर्फ जोड दिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।