२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेल र दरबार मार्ग जाँदै हुनुहुन्छ ? यस्तो छ तपाईँले पालना गर्नुपर्ने आचारसंहिता

अ+ अ-

काठमाडौँ । वैशाख १ गते (शनिवार)देखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला भएको छ ।

आम नागरिकलाई जुनसुकै समयमा वस्तु तथा सेवा उपभोग गर्ने अवसर सिर्जना गर्न ठमेल र दरबारमार्ग क्षेत्रमा सबै किसिमका व्यापार व्यवसाय चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको हो । व्यापार व्यवसाय चौबिसै घण्टा सञ्चालन हुने भएसँगै ठमेल र दरबारमार्ग क्षेत्रलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन उपभोक्ताहरूका लागि पनि आचारसंहिता बनाइएको छ ।

पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० अनुसार पूर्ण समय व्यवसाय सञ्चालनका लागि तोकिएको स्थानको व्यवसाय स्थलमा आउने उपभोक्ताले पनि आचारसंहिता पालना गर्नुपर्ने भएको हो । उपभोक्ताले सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यताको प्रतिकूल नहुने गरी व्यवसायी र कामदारसँग सौहार्द्रपूर्ण व्यवहार गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यसै गरी उपभोक्ताले आफूले खरिद गर्ने वस्तु तथा सेवाको गुणस्तर, मूल्य र परिमाण सुनिश्चित गरी बिलबिजक लिनुपर्नेछ ।

उपभोक्ताले मध्यपान, धूमपान, लागूपदार्थ सेवन गरेर व्यवसाय स्थलमा प्रवेश गरी अनुचित व्यवहार गर्न पाउने छैनन् भने व्यवसाय स्थलमा प्रवेश गरी गुण्डागर्दी, ठगी, लुटपाट, चोरी जस्ता अपराधजन्य क्रियाकलाप गर्ने वा व्यवसायीलाई व्यवसाय गर्न त्रसित हुने गरी कुनै पनि गैरकानूनी क्रियाकलाप गर्न नपाइने मापदण्डमा उल्लेख छ । व्यवसाय स्थलमा घुइँचो भएको अवस्थामा अन्य उपभोक्ताको हकहितलाई समेत मध्यनजर गरी पङ्क्तिबद्ध भई आफ्नो पालोमा मात्र वस्तु तथा सेवा खरिद गर्ने गरी असल आचरण प्रस्तुत गर्नुपर्नेछ ।

अठार वर्ष उमेर पूरा नगरेका नाबालिग व्यक्तिले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ उपभोग गर्न पाइने छैन भने अठार वर्ष उमेर पुरा भएका उपभोक्ताले समेत मदिराजन्य तथा सुर्तीजन्य पदार्थको उपभोग गर्दा प्रचलित कानून, सामाजिक मर्यादा र मानव स्वास्थ्यको पूर्ण ख्याल राख्नु पर्नेछ । स्थानीय व्यक्ति बाहेकका आगन्तुकलाई आवतजावत गर्न नपाइने भनी तोकिएको आवासीय क्षेत्र भित्र प्रवेश गर्न र त्यस्ता क्षेत्रमा प्रवेश गरी फोहोरमैला गर्ने तथा स्थानीय बासिन्दालाई असर पर्ने किसिमको अमर्यादित एवं उच्छृङ्खल क्रियाकलाप गर्न पाइने छैन ।