६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन डीआईजीको पद रिक्त

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा तीन जना नायव महानिरीक्षक (डीआईजी)हरुको पद रिक्त भएको छ । ५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दीप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए ।

७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि अवकाशमा गएका थिए ।

दुई एआईजी अवकाशमा जाने भएपछि उक्त ठाउँमा पद पूर्ति गर्न भन्दै गृह मन्त्रालयले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई ३ वैशाखमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

उनीहरू दुई जना एआईजी बढुवामा सिफारिस भएसँगै रिक्त हुने दुई डीआईजी पद र विकासराज खनाल अवकाशमा गएसँगै रिक्त भएको एक पद गरी अहिले नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त भएको छ । रिक्त तीन डीआईजीमा बढुवाका लागि हालका आईजी वसन्तबहादुर कुँवरका ब्याचसहित अन्य एसएसपीहरु पनि प्रतिस्पर्धामा छन् ।

आईजी कुँवरका ब्याचीहरु कृष्णहरि शर्मा, भोला रावल, ध्रुव राउत प्रतिस्पर्धामा छन् । उनीहरूपछि २०७९ असार २५ मा बढुवा भएका ३२ एसएसपी पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा क्रमशः गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओमबहादुर राना, इश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल प्रतिस्पर्धामा छन् ।

त्यसैगरी गोन्दि थपलिया, माधव प्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदा प्रसाद चौधरी बढुवाको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस