१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोलखाको म्याग्नेसाइट खानी चलाउने उद्योग मन्त्रीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरूप आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट ल्याइने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगीकरण गर्ने नीति अनुरूप सरकारले बजेट ल्याउने बताएका हुन् ।

‘हामीले तयारी वस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा भन्सारदर कायम गर्दैछौं,’ मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री भण्डारीले भने, ‘सरकारले यसपटक नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरूप नै बजेट ल्याउने छ । यसका लागि उद्योगी व्यवसायी ढुक्क हुनुभए हुन्छ ।’

मन्त्री भण्डारीले बजेटमार्फत देशमा उद्यमशीलता विकासलाई समेत उच्च प्राथमिकता दिइने बताए । पछिल्लो समय देशमा औद्योगिक वातावरण बिग्रिएको भन्दै अहिलेको अवस्थामा नेपाली उद्योगी व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने दायित्व सरकारलाई रहेको र सोही अनुरूप उद्योगी व्यवसायीसँग सहकार्य गरेर सरकार अघि बढ्ने समेत उनले जानकारी दिए ।

‘अहिले देशमा पुँजीको विकासका साथै राष्ट्रिय उत्पादन बढाउनुपर्ने जरुरी छ । तर यसका लागि निजी क्षेत्रको साथ र सहयोग चाहिन्छ,’ उनले भने, ‘यसका लागि सरकार र नीतिक्षेत्र सँगसँगै अघि बढ्नेछ ।’

यसैगरी मन्त्री भण्डारीले दोलखाको रहेको ओरियन्ड म्याग्नेसाइट खानीलाई समेत सरकारले तत्काल सञ्चालनमा ल्याउने बताए ।

कार्यक्रममा उद्योग सचिव कृष्णबहादुर राउतले सरकारले आगामी आवको नीतिमार्फत देशमा उद्योगी व्यवसायीको मनोबल उच्च बनाइ औद्योगिक वातावरण निर्माण गर्ने नीति लिएको भन्दै हाल देखिएका समस्यालाई बजेटमार्फत सम्बोधन गरिने बताए ।

‘नेपाल उद्योग तथा व्यवसायी महासंघले अहिले जुन समस्याहरू हामीलाई ज्ञापन पत्र मार्फत बुझाउनु भएको छ त्यसलाई उद्योगी र राष्ट्र हितमा हुने गरी बजेटमार्फत सम्बोधन गरिनेछ,’ सचिव राउतले भने ।

महासंघको महासचिव बालकृष्ण सिवाकोटीको नेतृत्वमा गएको व्यावसायिक प्रतिनिधिमण्डलले मन्त्री भण्डारीलाई १३ बुँदै ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस