६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम र कर्णालीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने मेडिकल कलेजका महाप्रबन्धक तुलसीबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार यही वैशाख १३ गते डोटीको दिपायल, १५ गते बाजुराको पिलुचौर, १७ गते हुम्लाको सर्केघाट, १९ गते मुगुको गमगढी र २१ गते कालीकोट र जुम्लालाई पायक पर्ने गरी कालीकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिने छ ।

कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित ती जिल्लाका नागरिकलाई निःशुल्करुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले उक्त बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको सांसद डा. शर्माले बताए । उनका अनुसार उक्त स्वास्थ्य शिविरमा सर्वसाधारण नागरिकलाई उपचार हुनसक्ने जति सेवा प्रदान गरिने छ ।

शिविरमा उपचार हुन नसक्ने मिर्गौला, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोगजस्ता रोगका गम्भीर अवस्थाका बिरामीलाई काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलमा ल्याई जटिल प्रकारका शल्यक्रियालगायतका उपचार सेवा निःशुल्करुपमा उपलब्ध गराइने पनि डा. शर्माले बताए ।

यस मेडिकल कलेजले मानवीय सेवाभावलाई केन्द्रमा राखी विगत लामो समयदेखि नेपालका दुर्गम जिल्लाहरूमा पुगेर गरिब तथा निम्न आय भएकालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस