२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेता खनालले विज्ञप्ति जारी गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिको कार्यक्रम पहिलो पटक प्रस्तुत गरिने आसन्न महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक उपलब्धिका रुपमा लिइएको बताएका छन् ।

यो महाअधिवेशनले विगत ७५ वर्षका अनुभवमाथि आधारित भएर देशको समाजवादी क्रान्ति, रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तर्विरोधहरूको विश्लेषण गरी क्रान्तिको वर्तमान अवस्थाको प्रमुख प्रतिद्वन्द्वी शक्तिजस्ता विषय निर्धारण गर्ने उनको भनाइ छ ।

नेता खनालले लामो समयदेखि जनताको सङ्घर्षबाट निर्माण भएको नयाँ संविधानले जनताले केही महत्वपूर्ण अधिकार स्थापित गरेको बताउँदै नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको बताए ।

पुँजीवादी जनवादी क्रान्ति भएको दुई दशक पुग्नै लागेको उल्लेख गर्दै उनले भने, “यस अवधिमा जनतामाथिका पुँजीवादी शोषण र उत्पीडनहरु झन् भयावह बन्दै गएका छन सैनिक, जातीय, भाषिक र सामाजिक विभेदहरू अझ गहिरो बन्दै छन् ।” राष्ट्रिय उत्पादन बढ्न नसकेकाले राष्ट्रिय अर्थतन्त्र पराधीन बन्दै गएको, भ्रष्टाचार, अनियमितता र व्यथितहरू विकराल बन्दै गएकोले हरेक दिन हजारौँ सङ्ख्यामा युवा जनशक्ति विदेशिनुपर्ने दुःखद् अवस्था सिर्जना भएकामा उनले चिन्ता व्यक्त गरे ।

पुँजीवादी वित्तीय शोषण फैलिँदै गएको अवस्थामा समाजवादी क्रान्ति र रूपान्तरणको आवश्यकता रहेको उनले बताए । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेता खनालले शान्ति, विकास, स्थिरता र समृद्धिका निम्ति न्यायपूर्ण विश्व व्यवस्था स्थापना गर्न पार्टीको महाधिवेशनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म गरिने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।