राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका-९ घर भई काठमाडौँ निलोपुल बस्ने ३१ वर्षीय निराजन बम छन् । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

२७ फागुनमा काठमाडौँ धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो । आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस