७ लाख बढी मूल्यका भन्सार छलीका सामान बरामद « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

७ लाख बढी मूल्यका भन्सार छलीका सामान बरामद


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । जनकपुरधामको बीच बजारबाट प्रहरीले ७ लाख भन्दा बढी मूल्यको भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।

जानकी चोकीबाट खटेको प्रहरी टोलीले जनकपुरधाम स्थित महावीर चोकबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको भन्सार छलिका लत्ताकपडा र किरानाको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लत्ताकपडा, किरानाको सामान ७ लाख २० हजार ९५० रुपैयाँ बराबरको रहेको छ ।

बुधबार दिउँसो बरामद गरेका उक्त अवैध सामानहरू आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस