काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको जिम्मेवारीमा खटाउन सकिने ४९ प्रहरी उपरीक्षक (एसपी)को पूर्वानुमानयोग्य सरुवा सूची सार्वजनिक गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले मङ्सिर ८ गते सार्वजनिक गरेको सूचीमा ‘क’ श्रेणीका प्रहरी कार्यालयमा खटाउन सकिने २७ र ‘ख’ श्रेणीका कार्यालयका लागि २२ प्रहरी उपरीक्षक समावेश छन् ।
प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९ (संशोधनसहित)का आधारमा तयार गरिएको सूचीमा कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गर्न विभिन्न १० आधार निर्धारण गरिएको छ ।
सरुवा सूची :










