२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ उपसचिवको सरुवा, को कहाँ ? 

अ+ अ-

काठमाडौँ । २९ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शहरी विकास मन्त्रालयका उपसचिव सी.डि.इ. विजय रानाको गृह मन्त्रालयमा सरुवा भएको छ भने सहरीकै उपसचिव सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । 

गृह मन्त्रालयका सी.डि.इ. मोहदत्त भट्टको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालयका सी.डि.इ. जितेन्द्र प्रसाद शर्माको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सी.डि.इ. सृजन जोगिजुको खानेपानी मन्त्रालयमा सरुवा भएको छ ।

त्यसैगरी गृह मन्त्रालयका सी.डि.इ. निरोज बहादुर भुजेलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना प्रविधि निर्देशक गोविन्दराम पनेरुको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तुलसी राम पोखरेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । 

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्का र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रकाश प्रसाद पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशमा काजमा खटाएको छ । 

गृह मन्त्रालयका उपसचिव सुरेश सुनारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजु कुँवरको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव निर्मला न्यौपानेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव रामकृष्ण अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

प्रशासनलाई प्राप्त विवरण अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रको राष्ट्रिय महिला आयोगमा, राष्ट्रिय महिला आयोगका उपसचिव सिता निरौला फुयाँलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविता फुयाँल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव गोविन्द प्रसाद घिमिरेको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालको राष्ट्रिय योजना आयोग, गृह मन्त्रालयका उपसचिव हुमनाथ पराजुली, रक्षा मन्त्रालयका उपसचिव केशर बहादुर पण्डित, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव बाबुराम घिमिरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । 

गृह मन्त्रालयका उपसचिव रेवती रमण शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरेश राज जोशीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सुरुवा भएको गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव सुशीला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकै उपसचिव कृष्ण प्रसाद शर्मा सुवेदीको शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयका उपसचिव नारायण प्रसाद मैनालीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयकै उपसचिव  डिल्लीराज श्रेष्ठलाई राष्ट्रिय योजना आयोग पठाएर राष्ट्रिय योजना आयोगका उपसचिव नारायण खतिवडालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रहने परी निजामती कर्मचारी अस्पतालमा काज सरुवा गरिएको छ ।