२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : उपप्रधानमन्त्री यादव

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बताएका छन् ।

मन्त्री यादवले सोमबारमा न्यूयोर्कमा आयोजित जनसङ्ख्या र विकासको ५७औँ सत्रलाई सम्बोधन गर्दै उक्त धारण राखेका हुन् । मन्त्री यादवले भने, “हामीहरुले हरेक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न र उनीहरुको क्षमतालाई आत्मसात गर्न पाउने अवसर दिनुपर्छ ।”

मन्त्री यादवले जनसङ्ख्या र विकासको तीन दशक अगाडि कायरोमा आयोजना गरिएको र एक सय ७९ देशले स्वीकृत गरेका राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास निगमको कार्यक्रम लागू गर्न सदैव प्राथमिकता दिएको बताए ।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि भएका प्रयासमा अनेकन व्यवधान उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । मन्त्री यादवले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानव अधिकार जस्ता मौलिक अधिकारलाई अङ्गीकार गरेको छ र नागरिकको जीवन स्तर उकास्नका लागि अनेकन नीतिगत व्यवस्था, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ ।”

नेपालमा युवा र योग्य जनशक्तिको आधारमा बलियो स्थानमा रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिमा भने अझै ठूलो मात्राको लगानीको खाँचो रहेको बताए ।

मन्त्री यादवले नेपालले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने बताउँदै नेपालले निःशुल्क, पहुँचसहितको सुरक्षित गर्भपतनलाई मानव अधिकार कै रुपमा अङ्गीकार गरेको उल्लेख गरे । मन्त्री यादवले जलवायु परिवर्तनले निम्त्याएको विपत्तिका कारण मानव जीवनमाथि सङ्कट आएकोमा चिन्ता व्यक्त गरे ।