९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न पोखरेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

महासचिव पोखरेलले ठूलो सङ्ख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवी वर्ग सो अवसरबाट वञ्चित रहेको उल्लेख गर्दै उनीहरूलाई त्यसमा जोड्ने कुरामा सरकारले भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो अभियानमा एमालेको तर्फबाट सरकारलाई साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे । महासचिव पोखरेलले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको भन्दै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए ।मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई तीव्रता दिए मात्रै रोजगारीको अवसरहरू सृजना गर्न सकिने बताए ।

उनले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नीतिलाई आत्मासात गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस