काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । मुम्बई अहिले अंक तालिकामा नवौं स्थानमा रहेको छ । मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।
त्यस्तै कोलकोता नाइट राइडर्सले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । कोलकोता १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।