काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सांसदलाई मुठभेडमा लैजान खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसदलाई स्वभाविक ढङ्गबाट अगाडि बढाउनुपर्ने पक्षमा रहेको बताए ।
उनले भने, ‘हामी भिड्न गएका छैनौँ । विपक्षका एक जना पदाधिकारी मन्त्री बस्ने बेन्चमा आउनुभयो । उहाँलाई हामीले उता जानुस् भन्दा यो परिस्थिति बन्यो । निन्दनीय छ । काँग्रेसले बोल्न पाउने अधिकारलाई कुण्ठित गरेको छ ।’
उनले कुनै पनि सांसद र मन्त्रीले आफूमाथि प्रश्न उठेपछि जवाफ दिन पाउनुपर्ने बताए ।







