१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्रबहादुर केसीले भने-गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट भयो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको बताएको छ ।

सहकारीको बचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।

तर गृहमन्त्रीले ‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ’ भनी सहकारी ठगी प्रकरणलाई न्यायोचित देखाउन संसदमा बलमिच्याइँ गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

‘विगतमा अरूले बदमासी गरेका कारण मैले पनि गर्न पाउनुपर्दछ भन्ने उनको दाबीले कथित नयाँ शक्तिहरूको भ्रष्ट चरित्र तथा सत्ताका लागि जे पनि गर्न पछि नपर्ने सत्ता महत्वाकाङ्क्षा झन् नाङ्गो रूपमा अगाडि आएको छ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

सहकारीको बचत रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न सत्तापक्ष डराएको भन्दै केसीले भनेका छन्, ‘प्रतिपक्षीहरूले उठाएको संसदीय छानबिन समितिको मागलार्ई सत्तापक्षले आफ्नो सरकार ढाल्ने अस्त्रको रूपमा लिएको गलत बुझाइका कारण नै संसदको गत्यावरोध लम्बिइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस