१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामर्थ्य भएका नेता : शंकर पोखरेल 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओलीलाई मुलुकलाई समृद्ध बनाउने सामर्थ्य भएको नेताको रूपमा चित्रण गरेका छन् ।

ओलीले सरकारको नेतृत्व लिँदा देश बनाउन देखाएको सपना र त्यसलाई कार्यान्वयनमा लैजानका लागि बनाएको योजनाले ओली मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सबैभन्दा बढी सामर्थ्य भएको नेताको रूपमा देखिएको पुष्टि भएको महासचिव पोखरेलले दाबी गरे ।

पार्टी निकट पेशागत महासंघ नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेपाली समाजलाई बुझेको, विकास र समृद्धिका बारेमा सपना देख्ने, योजना बनाउने, कार्यान्वयनका लागि हुटहुटी गर्ने एउटा सामर्थ्य देखाएको नेता हो भनेर नबुझनेहरुले देश बनाउने र सुशासनका कुरा गर्नुको अर्थ नभएको पनि जिकिर गरे ।

उनले मुलुकलाई विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढाउनका लागि बलियो राजनीतिक दल बनाउने कुरालाई संकल्पको रूपमा अघि बढाउनुपर्ने दोहोराए । महासचिव पोखरेलले सबै राजनीतिक दलहरू उस्तै हुन् भन्नु मुलुकलाई निराशाका खाडलमा जाक्नु रहेको उल्लेख गर्दै जनतामा आशा भर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

महासचिव पोखरेलले संघीयता अनुकूलको कर्मचारीतन्त्र नहुँदा पनि मुलुकलाई अघि बढाउन कठिन भएको तर्क पनि गरे ।

प्रतिक्रिया दिनुहोस