काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) का लागि शहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँ उपत्यका वरिपरि जलपुनर्भरण लगायत योजना सुनाएका हुन् । यस्तै बागमती नदीको सुक्खा याममा बहाव कायम राख्ने, बागमती सफाइ अभियान निरन्तर राख्ने घोषणा गरेका हुन् ।
बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन भएको मन्त्री पुनले बजेट वक्तव्य मार्फत घोषणा गरेका छन् ।