७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य शिविरमा ४ सय बिरामीको उपचार

अ+ अ-

बेनी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा दुई सयभन्दा बढी व्यक्तिको रगत एवं पिसाब परीक्षण गरिएको नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिए । शिविरमा वडा नं ४ सिङ्गाका सबै गाउँबस्तीसँगै छिमेकी वडाका बिरामीको पनि उपचार गरिएको थियो । शिविरबाट नशा र हाडजोर्नीको समस्या भएका बिरामीले बढीजसो सेवा लिएका छन् ।

शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराइड, स्त्री तथा प्रसूतिरोग, हाडजोर्नी, नशा तथा बाथ रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरी शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा, बाथरोगलगायतको निःशुल्क औषधि वितरण गरिएको सभापति बानियाँले बताए ।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.कृष्णराज अधिकारी, डा सरोजचन्द्र दाहाल, डा विराट शर्मा, डा राज गुरुङ, बेनी अस्पतालका डा अन्जु थापा, डा.रामु सापकोटासहित ३५ स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

 घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढिजसो लाभान्वित भएका बेनी नगरपालिकाका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस