काठमाडौँ । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयको पठनपाठन पाँच दिन बन्द हुने भएको छ ।
वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै बिहीबारदेखि जेष्ठ २१ गते सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
उपमहामहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले शैक्षिक प्रशासन कार्यबाहेक पठनपाठन बन्द गरिने बताएका छन् ।







