२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वामपन्थी एकताको लागि ठुलै जोखिम उठाएर नयाँ आन्दोलनको तयारी गरिरहेका छौँ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको लागि ठूलो जोखिम उठाएको बताएका छन्।

जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी मोर्चा बनाउने र वामपन्थी ध्रुवीकरणको पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँगै सम्बन्धित रहेको बताए।

उनले भने, ‘क्रान्तिको बाटो सरल रेखाबाट जाँदैन। तर, हामी रणनीतिक रूपमा हामी कतातिर जाँदैछौं हामीले बनाएको समाजवादी मोर्चा, सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उठाएको जोखिम छ। अहिले जोखिम उठाएकै छ। राष्ट्र र जनताको लागि नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ। सरकारको तर्फबाट पनि सुशासन र सामाजिक न्यायको मात्रै कुरा उठाएका छैनौँ।’

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समाजवादको भ्रूण रोप्ने काम गरेको बताए। उनले भने, ‘धेरै चुनौती र जोखिमहरू छन्। तर, जतिसुकै षड्यन्त्र भए पनि हामी एकताकै बाटो हिँड्ने हो। वामपन्थी र समाजवादीहरूको एकता।’

लामो संघर्षको बलमा सामन्तवाद र त्यसको राजनीतिक संस्थाहरूलाई परास्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु सानो उपलब्धि नभएको बताए।

उनले थपे, ‘अहिले हामी अर्को चरणको क्रान्तिमा प्रवेश गरेका छौँ। २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको गठन गर्दै गर्दा एउटा नयाँ जनवादी क्रान्तिको थालनी गर्दै गर्दा जनताको चाहना र वैचारिक स्पष्टताको लागि लामो संघर्ष गर्नुपर्‍यो। ६ दशकको लामो संघर्षपछि हामीले एउटा आधारभूत सफलता हासिल गर्‍यौँ। यद्यपि, त्यसलाई पूर्णता दिने काम अझै बाँकी छ।’

उनले आफूहरू अहिले समाजवादको नयाँ यात्रातिर अघि बढेको बताए। उनले भने, ‘समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि ठूलो शक्ति सञ्चयको अपेक्षा गर्छ। त्यसैले समाजवादी क्रान्तिको कुरा गर्दा हामीले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ।’